बागमतीविरुद्ध लुम्बिनीको पुनरागमन जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-११
  • |
  • 543 पटक हेरिएको

काठमाडौँ। एन्फा महिला लिग छनोटमा बागमती प्रदेशविरुद्ध लुम्बिनी प्रदेशले पुनरागमन जित हासिल गरेको छ। 

वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा मंगलबार सम्पन्न खेलमा लुम्बिनीले बागमतीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। 

लुम्बिनीको जितमा कप्तान ममता पुन, सुशिला केसी र प्रतीक्षा ठकुरीले १/१ गोल गरे। बागमतीका सुमित्रा तामाङले गरेको गोल सान्त्वना रह्यो।

खेलको २४औँ मिनेटमा सुमित्राले गोल गर्दै बागमतीलाई शुरूआती अग्रता दिलाएकी थिइन्। तर, उक्त अग्रता पहिलो हाफभर पनि जोगिन सकेन।

४०औँ मिनेटमा सुशिलाले गोल गर्दै लुम्बिनीलाई खेलमा फर्काइन्। 

५८औँ मिनेटमा ममताले गोल गर्दै लुम्बिनीलाई खेलमा २-१ को अग्रता दिलाइन्। ८२औँ मिनेटमा प्रतीक्षाले गोल गर्दा लुम्बिनी ३-१ ले विजयी भयो।

जितसँगै लुम्बिनीले ३ अंक जोडेको छ। पहिलो खेलमा लुम्बिनी गण्डकीसँग ४-२ गोल अन्तरले पराजित भएको थियो। यस्तै, बागमती अंकविहीन रहेको छ। पहिलो खेलमा बागमती मधेशसँग ४-० ले स्तब्ध बनेको थियो।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey