काठमाडौं । ईन्डियन प्रिमियर लिग आइपीएलमा साविकको विजेता चेन्नई सुपर किंग्सले गुजरात जाईन्ट्सलाई हराउँदै लगातार दाेस्राे जित हासिल गरेकाे छ।
मगलबार राति घरेलु मैदान एम ए चितम्बरम क्रिकेट स्टेडियममा भएकाे खेलमा चेन्नई ६३ रनले विजयी भयो।
चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउँन सक्यो।
गुजरातका लागि साई सुदर्शनले ३१ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३७ रन बनाए।
ओपनर रिद्धिमान शाह र डेबिड मिलरले समान २१/२१ रन बनाए। विजय शंकरले १२ बलमा १२ तथा अजमतुल्लाह उमरजाईले १० बलमा ११ रन बनाए।
चेन्नईका लागि मुस्ताफिजुर रहमान, दिपक चहर र तुसारदेश पान्डेले समान २/२ तथा ड्यारियल मिचेल, मथिशा पथिरानाले समान १/१ विकेट लिए।
योसँगै लगातार दुई खेलमा जित निकालेको चेन्नई ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित गुजरात २ अंकका साथ छैटौं स्थानमा झरेको छ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०६ रन बनाएको थियो।
चेन्नईका लागि शिभम दुवेले २३ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले।
ओपनरद्वय रचिन रविन्द्र र कप्तान ऋतुराज गायकवाडले समान ४६/४६ रन बनाए। रविन्द्रले २० बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान गायकवाडले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
चेन्नईका लागि पहिलो विकेटका लागि ३२ बलमा ६२ रनको सानदार साझेदारी सहित राम्रो सुरुआत भएको थियो। तेस्रो नम्बरमा ब्याटिङमा आएका अजिङ्का राहाणेले १२ बलमा १२ रन बनाए।
ड्यारियल मिचेलले २० बलमा २ चौकाको सहयोगमा अविजित २४ रन बनाए। समिर रिज्भिले ६ बलमा २ छक्काको सहयोगमा १४ रन बनाए । रविन्द्र जडेजा ७ रनमा अविजित रहे।
गुजरातका लागि राशिद खानले २ तथा मोहित शर्मा, स्पेन्सर जोनसन र साई किशोरले समान १/१ विकेट लिए।