बैंगलुरूलाई १७७ रनको लक्ष्य

  • Image नेप्लेज
  • १२ चैत्र २०८०, सोमवार
  • 621 पटक हेरिएको
बैंगलुरूलाई १७७ रनको लक्ष्य

काठमाडौं । ईन्डियन प्रिमियर लिग(आईपीएल)मा पन्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई लागि १७७ रनको लक्ष्य दिएको छ।

बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो।

पन्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए।

प्रभसिमरन सिंहले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए। जितेश शर्माले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए। शंशाक सिंहले ८ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए। साम करनले १७ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए।

बेंगलुरुका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान २/२ तथा अल्जारी जोसेप र यस दयालले समान १ विकेट लिए।