बहराइन जानु अघि दशरथ रंगशालामा अन्तिम तयारीमा नेपाली टिम [फोटो फिचर]

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२९
  • |
  • 275 पटक हेरिएको

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तिम तयारी दशरथ रंगशालामा पूरा भएको छ। 

प्रारम्भिक ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाएकोमा  किरण चेम्जोङ, रोहित चन्द, दीप कार्की, आयुष घलान लगायतका केही बाहेक खेलाडीहरुले मंगलबारमा बहराइन जानु अन्तिम तयारी गरेका हुन्। 

फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत समूह ‘एच’मा रहेको नेपालले आगामी चैत ८ गते बहराइनविरुद्ध घरेलु मैदान खेल्ने तालिका तय थियो। 

त्यसपछि चैत १४ गते नेपालले ‘अबे गेम’ अनुसार बहराइनमै गएर खेल्ने तालिका छ। तर, नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान खेल्न योग्य नहुँदा नेपालले दुवै खेल बहराइनमा गएर खेल्ने भएको हो।

 

यस्तै नेपाली टिम आजै राति मलेसिया जाने तालिका रहेको छ। नेपाली टिमले मलेसियामा केहि दिन प्रशिक्षण गरेर उतैबाट बहराइन जाने एन्फाले जनाएको छ।

प्रारम्भिक टोली
गोलरक्षक : अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ

डिफेन्डर : अजय चौधरी, अनन्त तामाङ, अञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र बीके, रोहित चन्द, सनिष श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ

मिडफिल्डर : एरिक बिष्ट, विकाल तामाङ, कृतिषरत्न छुन्जु, लाकेन लिम्बु, मनिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज ठकुरी र उत्सव राई

स्ट्राइकर : अञ्जन बिष्ट, आयुष घलान, दिनेश हेन्जन, गिलेस्पी जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ र सञ्जिव बिष्ट रहेका छन्।

 

 

 

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey