विश्वकप लिग टूमा क्यानडाको लागतार तेस्रो जित, शीर्ष स्थानमा उक्लियो 

  • Image नेप्लेज
  • २२ फाल्गुण २०८०, मङ्गलवार
  • 726 पटक हेरिएको
विश्वकप लिग टूमा क्यानडाको लागतार तेस्रो जित, शीर्ष स्थानमा उक्लियो 

काठमाडौं । दुबईमा जारी आइसीसी विश्वकप लिग टू क्रिकेटमा क्यानडाले आफ्नो पहिलो सिरिजमा लगातार तेस्रो जित निकालेको छ । युएई र स्कटल्याण्डसँग खेल्नका लागि क्यानडाको टोली नेपालमा अभ्यास गरेर गएको थियो । दुबईमा अहिलेसम्म क्यानडाले युएईलाई दुवै तथा स्कटल्याण्डलाई एक खेलमा पराजित गरिसकेको छ । अब सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग खेल्ने छ । दुवईमा आज भएको खेलमा क्यानडाले युएईलाई डिएल मेथड अनुसार ८ रनले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरको २ बल बाँकी हुँदा बर्षाका कारण ६ विकेट गुमाएर २४१ रन बनाएको थियो । त्यसपछि युएईले नयाँ लक्ष्य अनुसार ४६ ओभरमा २३७ रन पायो ।

अन्त्यमा निर्धारित ४६ ओभरमा युएईले ८ विकेट गुमाएर २२८ रनमात्रै बनाउन सक्यो ।

पहिला ब्याटिङ गर्दा क्यानडाका हर्श ठाकरले नटआउट शतकीय पारि खेले । उनले ११३ बल फेस गर्दा २ छक्का र ६ चौका प्रहार गरेका थिए । यसैगरी आरोन जोनसनले २९ रन बनाउँदा निकोल क्रिटोनले २६ रन बनाए । श्रीमन्था वाजिरत्नेले १९ रन बनाउँद्या साद बीन जाफरले १७ रनको नटआउट पारि खेले । युएईका जुनेद सिद्धकी र आयान अफजल खानले दुई दुई विकेट लिए ।

निर्धारित समय भन्दा ढिला गरी खेल सुरु भएपछि युएईले ४६ ओभरमा २३७ रनको लक्ष्य पाएको थियो ।

May be an image of 2 people and text

सुरुआत राम्रो भए पनि मध्यक्रममा युएइका खेलाडी चल्न सकेनन् । युएईका ओपनर तथा कप्तान मोहमद वासिमले ४२ रन बनाउँदा बृत्य अरविन्द ५१ रन बनाएर रनआउट भएका थिए । यसैगरी राहुल चोप्राले २९ रन बनाउँद्या बसिल अहमदले र तनिस सुरीले २७–२७ रन बनाए ।  अन्त्यमा जुनेद सिद्धकीले ८ तथा सन्चित शर्माले ३ रनको नटआउट पारि खेले पनि जित निकाल्न असफल रहे । क्यानडाका लागि डिलोन हेलिगरले सर्वाधिक ४ विकेट लिए ।

जितसँगै डब्ल्यूसिएलको तालिकमा क्यानडा ६ अंकका साथ शीर्ष स्थानमा पनि उक्लिएको छ । क्यनडा अपराजित रहेको छ । उता ४ खेलबाट ६ अंक बनाएको  नामिबिया भने दोस्रो स्थानमा छ । नेदरल्याण्ड ४ अंकका साथ तेस्रो स्थानमा रहँदा स्कटल्याण्ड र नेपाल दुई अंकका साथ चौथो र पाँचौं स्थानमा छन् । युएइले खाता खोलेको छैन । छैटौं स्थानमा रहेको छ । ओमान र अमेरिकाले सिरिज नै खेल्न सुरु गरेका छैनन् ।