प्रवीण र रुविनालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१७
  • |
  • 774 पटक हेरिएको

नेप्लेज, १७ असार । नेपालका प्रबिन थापा र रुबिना घलेले थाईल्याण्डमा जारी चौथो हिरोज अन्तर्रा्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

आइतबार थाइल्यान्डको बैंककमा भएको च्याम्पियनसिपको पुरूष ६८ केजी तौल समुहमा प्रबिन थापाले र महिला ५८ केजी तौलसमूहमा रुबीना घल्ले नेपाललाई स्वर्णको सफलता दिलाए।

च्याम्पियनसिपको पुम्सेतर्फ ग्रीन बेल्टमा मानस आचार्यले कास्य पदक प्राप्त गरे । पुम्सेकै ब्लयाक बेल्टमा रत्न महर्जनले तथा फाइटमा केशव थापा र ३८ केजीमा अनिष श्रेष्ठले कांस्य पदक आफ्नो नाममा लेखाए।

च्याम्पियनसिपको मास्टरतर्फ टिम पुम्सेमा बब्लु सिवाकोटी, गोपाल भण्डारी र दीपेन गुरुङले तथा व्यक्तिगत पुम्सेमा पनि गोपालले कांस्य पदक प्राप्त गरे ।

च्याम्पियनसिपमा कुल १५ राष्ट्रको सहभागिता रहेको टिम प्रशिक्षक प्रबिन थापाले जानकारी दिए । २ स्वर्ण र ६ कास्य सहित कुल ८ पदक जित्ने खेलाडी न्युजेन तेक्वान्दो डोजाङका हुन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey