राेमेलु लुकाकु भर्सेस ताकाशी इनुर्इ

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१८
  • |
  • 156 पटक हेरिएको

रोमेलु लुकाकु–बेल्जियम

म्यान्चेष्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले यो विश्वकपमा चार गोल गरेका छन् । सबै गोल उनले सेटपिसमा गरेका हुन् । बेल्जियम टिमका सर्वाधिक गोलकर्ता लुकाकुले ७१ खेलमा ४० गोल गरेका छन् । यो विश्वकपको सर्वाधिक गोलकर्ता ह्यारी केन भन्दा एक गोलले पछि रहेका लुकाकु गोल्डेन बुटको दौडमा छन् । उनको शारीरिक शक्ति, द्रुत गति र उत्कृष्ट फिनिसिङ कलाले जापानको डिफेन्सलाई चुनौति दिनेछ ।

ताकाशी इनुई–जापान

स्पेनिस ला लिगा क्लब इबारका मिडफिल्डर इनुई शिन्जी कागावा र केइसुके होण्डको जस्तो अनुभव नभएपनि यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । सेनेगलविरुद्धको खेलमा गोल गरेका इनुईले पोल्याण्डसँग हार ब्यहोर्दा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । जापानका लागि उनले ३० खेलमा पाँच गोल गरेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey