एशियाडमा सहभागि कराते खेलाडीलाई खेल सामाग्री हस्तान्तरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१७
  • |
  • 588 पटक हेरिएको

इण्डोनेशियाको जार्कातामा हुने १८ औ एशियालीमा सहभागी कराते खोलाडीलाई सम्झना ल्याब्रोरेटरी प्रा लीले खेल सामाग्री प्रदान गरेको छ ।

कम्पनीले करिब १ लाख ५० हजार बराबरको खेल सामाग्री खेलाडीलाई प्रदान गरेको हो । कम्पनीका प्रतिनिधी रबी महर्जन र कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले पोखरामा एक कार्यक्रमका विच सामाग्री वितरण गरेका थिए ।

सम्झाना ल्याव्रोरेटरीका प्रतिनिधी रबी महर्जनले राष्ट्रिय कराते टोलीलाई हौसला स्वरुप केही खेल सामाग्री प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । रबी महर्जन ८ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक बिजेता समेत हुन ।

एशियाडमा जाने करातेका खेलका ८ जना खेलाडी र २ जना प्रशिक्षक जेठ १ गते बाट पोखरामा प्रशिक्षणमा व्यस्त छन । एशियाडमा जाने खेलाडीमा ५० केजीमा अनु अधिकारी, ६१ केजीमा सुनिता महर्जन, प्लस ६८ केजीमा रिता कार्की, सोनाम लामा ६० केजी, दिवश श्रेष्ठ माइनस ८४ केजी, चंचला दनुवार र परशुराम बास्तोला एकल कातामा रहेका छन भने प्रशिक्षकमा राष्ट्रिय प्रशिक्षक हिरासिंह डंगोल र दिपक श्रेष्ठ छन ।

खेलाडीहरु  अब चाँडै नै बैदेशिक प्रशिक्षणका लागि जाने मुख्य प्रशिक्षक सोभितराज प्रसाईले बताए । १८ औं एसियाली खेलकुद भदौ २ गते देखि भदौ १७ गते सम्म संचालन हुदैछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey