इन्फिल्डर्स, मकवानपुरद्वारा न्यानो कपडा वितरण

  • Image नेप्लेज
  • २१ पौष २०८०, शनिवार
  • 895 पटक हेरिएको
इन्फिल्डर्स, मकवानपुरद्वारा न्यानो कपडा वितरण

हेटौँडा । हेटौँडा इन्फिल्डर्स, मकवानपुरद्वारा जिल्लाको विकट मानिएको राक्सिराङ गाउँपालिका वडा नंबर २ मा न्यानो कपडा वितरण गरिएको छ ।

राक्सिराङ गाउँपालिका वडा नंबर २ कुडुलेमा आयोजित कार्यक्रममा करिब ८० जनालाई न्यानो कपडा वितरण गरिएको हेटौँडा इन्फिल्डर्स अध्यक्ष राजक शाहीले बताए ।

चेपाङ समुदायको बाहुल्यता रहेको कुडुलेमा पुगेर जाडो मौसमको लागि उपयुक्त न्यानो कपडाहरू वितरण गरिएको शाहीको भनाई रहेको छ ।

न्यानो कपडाको लागि अर्जुन चौधरी, सञ्जय तामाङ, शान्ताकुमार श्रेष्ठ, कुमार अधिकारी, मुन्ना सलाउदिन मिया, ओम चौँलागाई, सन्जन गौतम, कबिशर्मा कँडेल, विपिन ताम्राकार, खनिल जोशी तथा अध्यक्ष शाहीले सहयोग गरेका थिए ।