मैत्रीपूर्ण फुटबलमा युएई विजयी

  • Image नेप्लेज
  • १४ पौष २०८०, शनिवार
  • 535 पटक हेरिएको
मैत्रीपूर्ण फुटबलमा युएई विजयी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा युएई विजयी भएको छ । शनिबार अबुदावीमा भएको मैत्रीपूर्ण फुटबलमा किर्गिजस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

गोलरहित बराबरीतर्फ उन्मुख खेलमा युएईले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा युएईका अलि मबखौतले निर्णायक गोल गरेका हुन् ।

यी दुई टोलीले एएफसी एशिया कपको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेलेका हुन् ।