बुन्डेसलिगामा डर्टमुन्ड बार्यनलाई पछ्याउदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२०
  • |
  • 175 पटक हेरिएको

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको बुर्सिया डर्टमुन्ड विजयी भएको छ । डर्टमुन्डले कोल्नलाई उसकै मैदानमा ३–२ गोल अन्तरले हरायो ।

५० हजार दर्शकमाझ भएको खेलको ३५ औ मिनेटमा मेसी बर्चुआईले गोल गर्न सफल भए । जेनेवरीको खेलाडी ट्रान्सफर विन्डोमा लोनमा डर्टमुन्ड आएका बर्चुआईले डेब्यु खेलमा नै दुई गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको डर्टमुन्ड विरुद्ध ५० औ मिनेटमा कोल्नले गोल गर्दै खेल बराबरीमा पुरयायो । तर ६२ औ मिनेटमा मेसी बर्चुआईले डर्टमुन्डका लागि दोस्रो गोल गर्दै पुन टिमलाई अग्रता दिलाए ।

तर ६९ औ मिनेटमा जोर्ज मिरीलेले कोल्नका लागि गोल फर्काएपछि खेल दुई दुई गोलको बराबरीमा पुग्यो । ८४ औ मिनेटमा एन्द्रे सुर्लेले गोल गर्दै डर्टमुन्डलाई तीन दुईको जित दिलाए ।

जितपछि डर्टमुन्डको २१ खेलबाट ३४ अंक भएको छ भने शिर्ष स्थानको बार्यन म्युनिखको ५० अंक छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey