विश्वकप छनोटमा जापानको शानदार जित

  • Image नेप्लेज
  • ३० कार्तिक २०८०, बिहिवार
  • 1472 पटक हेरिएको
विश्वकप छनोटमा जापानको शानदार जित

सन् २०२६ को विश्वकप र २०२५ को एसियन कपको दोस्रा चरणको छनोटमा जापानले सानदार जित निकालेको छ । आज भएको समूह बीको खेलमा जापानले म्यानमारलाई ५–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै जापानले समूह बीमा स्पष्ट ३ अंक लिएको छ ।

जापानको जितमा आयास उएडाले ह्याट्रिक गर्दा रिटुस डोन र डिएची कामदाले एक एक गोल थपेका थिए ।  ११ औं मिनेटमा उएडाले गोल गर्दै जापानलाई सुरुमै अग्रता दिलाए । २८ औं मिनेटमा कामदाले गोल गरेपछि जापानले अग्रता दोब्बर बनायो ।

पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा उएडाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । ५० औं मिनेटमा उएडाले ह्याट्रिक पूरा गर्दा जापान ४–० ले अघि बढेको थियो । ८६ औं मिनेटमा डोनले गोल गरेपछि जापानले ५–०को सहज र शानदार जित निकाल्न सफल भयो । 

May be an image of 7 people, people playing soccer, people playing football and text that says '1z 3 8 17 15 13 ZZ 10 JAPAN JFA MYANMAR 11' FULL-TIME TIME 5-0 AYASE UEDA FIFA WORLD CUP DAICHI DAICHIKAMADA KAMADA ASIAN QUALIFIERS 2ND ROUND 45-4' AYASE UEDA RITSU DOAN 86' ESTABLISHED19'