आइसीसी विश्वकप क्रिकेटमा ग्लेन म्याक्सवेलको नटआउट दोहोरो शतकको तुफानी पारिको मद्दतले अफगानिस्तानविरुद्ध ३ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको छ ।
मुम्बइको वानखडे स्टेडियममा अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको सुरुआत एकदमै खराब भएको थियो ।
चार रन बनाउँदा अस्ट्रेलियाले पहिलो विकेट गुमायो । ट्राभिस हेड खाता नै नखोली आउट भएका थिए ।
दोस्रो विकेटको रुपमा मिचेल मार्स व्यक्तिगत २४ रन बनाएर आउट हुँदा अस्ट्रेलियाले ५.४ ओभरमा ४३ रन बनाएको थियो । डेभिड वार्नर १८ रन बनाएर आउट हुँदा अस्ट्रेलियाको स्कोरबोर्डमा ४९ रन रहेको थियो । चौथो विकेटको रुपमा जोस इंग्लिस खाता नखोली आउट भएका थिए । पाँचौं विकेटको रुपमा मार्नस लावुसेन १४ रन बनाएर रनआउट भए ।
छैटौं विकेटको रुपमा मार्कस स्टोइनिस ६ रन बनाएर आउट भएका थिए ।

सातौं विकेटको रुपमा मिचेल स्टार्क ३ रन बनाएर आउट हुँदा अस्ट्रेलियाले ९१ रन बनाएको थियो । छैटौं नम्बरमा क्रिजमा आएका म्याक्सवेल र नवौं नम्बरमा आएका कप्तान पाट कमिन्स मिलेर अस्ट्रेलियालाई जित दिलाए । जसमा म्याक्सवेलले उत्कृष्ट शतकीय पारि खेले । उनी शतक पूरा गरेपछि घाइते अवस्थामा रहे पनि सिंगल भन्दा पनि चौका र छक्कामै बढी जोड दिए ।
उनलाई कप्तान कमिन्सले गतिलो साथ दिएका थिए । म्याक्सवेल र कमिन्सले २०२ रनको नटआउट साझोदारी गरेका थिए ।
म्याक्सवेलले २०१ रनको नटआउट दोहोरो शतकीय पारि खेल्दा कमिन्सले १२ रनको नटआउट पारि खेले ।
म्याक्सवेलले १२८ बलफमा १० छकका र २१ चौका प्रहार गर्दा कमिन्सले ६८ बल फेस गरेर एक चौकामात्रै प्रहार गरे ।
यी दुइ खेलाडीले अस्ट्रेलियालाई ४६.५ ओभरमा जित पक्का गराए ।

अफगानिस्तानका नभिन उल हक, अजम्तुल्लाह ओमरजाई र रासिद खानले दुई दुई विकेट लिए ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानको सुरुवात राम्रो हुन सकेन । रहमानउल्लाह गुरबाज २५ बलमा २१ रन बनाएर आउट भए । त्यसपछि रहमत शाह र इब्राहिम जद्रानले दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे । रहमत ३० रन बनाएर म्याक्सवेलको बलमा आउट भए ।
त्यसपछि इब्राहिमले तेस्रो विकेटका लागि कप्तान हसमतुल्लाह शाहिदीसँग ५२ रनको साझेदारी गरे । साहिदी २६ रन बनाएर आउट भए । अजमातुल्लाह ओमरजाई पनि २२ रन बनाएर प्याभिलियन फर्किए । मोहम्मद नाबीले १२ रन बनाउन सके । यसैबीच इब्राहिमले आफ्नो एकदिवसीय करियरको पाँचौं शतक प्रहार गरे । उनी विश्वकपमा अफगानिस्तानका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

इब्राहिमले १४३ बलमा आठ चौका र तीन छक्काको मद्दतले १२९ रन बनाएपछि अविजित रहे । योसँगै राशिदले १८ बलमा ३५ रनको पारीमा दुई चौका र तीन छक्का प्रहार गरे । अस्ट्रेलियाका लागि जोस हेजलवुडले दुई विकेट लिए । त्यस्तै मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए ।
आजको जितसँगै अस्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ ।
अस्ट्रेलियाले ८ खेलमा १२ अंक बनाउँदै सेमिफाइनलमा स्थान पक्का गर्ने तेसैो टिम बनेको हो । अब चौथो स्थानका लागि न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानकै बीचमा तीव्र प्रतिस्पर्धा हुने छ । पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर अफगानिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।