विश्वकपमा भारतविरुद्ध श्रीलंका ५५ रनमा समेटियो, भारत ३०२ रनले विजयी

  • Image नेप्लेज
  • १६ कार्तिक २०८०, बिहिवार
  • 2006 पटक हेरिएको
विश्वकपमा भारतविरुद्ध श्रीलंका ५५ रनमा समेटियो, भारत ३०२ रनले विजयी

आइसीसी विश्वकप क्रिकेटमा भारतले एकदमै फराकिलो जित दर्ता गरेको छ । भारतले श्रीलंकालाई ३०२ रनले पराजित गरेको हो । यो सँगै रनका हिसावले भारतले सर्वाधिक धेरै अन्तरको रनमा दोस्रो जितको कीर्तिमान बनाएको छ  । जारी विश्वकपमा यसअघि अस्ट्रेलियाले ३०९ रनको अन्तरले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । यो जितसँगै टोली विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ । भारतको ७ खेलबाट १४ अंक छ र टोली प्रतियोगितामा अपराजित छ ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनाएको थियो । भारतका लागि शुभमन गिल, विराट कोहली र श्रेयस अय्यरले ८० रनको पारी खेले पनि कुनै पनि ब्याट्सम्यानले शतक बनाउन सकेनन् ।

श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि खेलको दोस्रो बलमा भारतीय कप्तान रोहित शर्मा मात्र ४ रन बनाएर आउट भएका थिए । त्यसपछि विराट कोहलीले शुभमन गिलसँग दोस्रो विकेटका लागि १८९ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीको ठूलो स्कोरको जग बसाएका थिए ।

Mohammed Siraj had a three-for before conceding a run, India vs Sri Lanka, Men's ODI World Cup, Mumbai, November 2, 2023

उनीहरुले मिलेर टोलीलाई १६ औं ओभरमा १०० र २५ औं ओभरमा १५० रनभन्दा माथि पुर्‍याएका थिए । तर, उत्कृष्ट ब्याटिङ गरे पनि दुवै खेलाडीले शतक पुरा गर्न सकेनन् । शुभमन गिलले ९२ बलमा ९२ रनको इनिङ खेले र ३० औं ओभरमा १९३ रनको स्कोरमा आउट भए । यसपछि विराट कोहली पनि ९४ बलमा ८८ रन बनाएर ३२औं ओभरमा १९६ रनको स्कोरमा प्याभिलियन फर्किएका थिए ।

यहाँबाट श्रेयस अय्यरले केएल राहुल (१९ बल २१) सँग चौथो विकेटका लागि ६० रन जोडेर ३९औं ओभरमा टोलीलाई २५० रनभन्दा माथि पुर्‍याए । पनि ४०औं ओभरमा २५६ रनको स्कोरमा राहुल आउट भएपछि भारतलाई चौथो झटका लागेको थियो । माथि । ४२ औं ओभरमा २७६ रनको स्कोरमा सूर्यकुमार यादव पनि १२ रन मात्र बनाएर आउट भए ।

Shreyas Iyer changes sides to go fine, India vs Sri Lanka, Men's ODI World Cup, Mumbai, November 2, 2023

तर, त्यसपछि श्रेयस अय्यरले मात्र ३६ बलमा अर्धशतक पूरा गरे र रविन्द्र जडेजासँग मिलेर ४५ औं ओभरमा टोलीलाई ३०० भन्दा माथि पुर्‍याए । यी दुईबीच छैटौं विकेटका लागि ५७ रनको द्रुत साझेदारी भयो। श्रेयस अय्यरले ५६ बलमा ८२ रनको शानदार इनिङ खेले पनि ३३३ रनको स्कोरमा उनलाई ४८औं ओभरमा दिलशान मधुशंकाले आउट गर्दै ५ विकेट पूरा गरे ।

रविन्द्र जडेजाले २४ बलमा ३५ रनको द्रुत इनिङ खेल्दै टोलीलाई ३५० रनभन्दा माथि पुर्‍याए ।  भारतीय टोलीले अन्तिम १० ओभरमा ९३ रन बनाएको थियो । मोहम्मद शामी अन्तिम ओभरमा २ रन बनाएर रनआउट भए भने जसप्रित बुमराह १ रन बनाएर अविजित रहे । श्रीलंकाका मधुशंका बाहेक दुष्मन्थ चमेराले मात्र एक विकेट लिन सके ।

जवाफमा श्रीलंकाको टोली १९.४ ओभरमा सवै विकेट गुमाएर ५५ रनमा समेटियो । 

विश्वकपमा भारतको भने सबैभन्दा ठूलो जित हो, यसअघि भारतले २००७ मा बर्मुडालाई २५७ रनले पराजित गरेको थियो ।

दोस्रो इनिङ्समा भारतीय बलरले श्रीलंकालाई १९.४ ओभरमा ५५ रनमा अलआउट गरे । 

भारतका लागि मोहम्मद शामीले ५, मोहम्मद सिराजले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।  

Dimuth Karunaratne was one of the victims of Mohammed Siraj's unreal back-to-back new-ball spells against Sri Lanka, India vs Sri Lanka, Men's ODI World Cup, Mumbai, November 2, 2023

श्रीलंकाका कसुन रन्जिथाले सर्वाधिक १४ रन बनाउँदा महेश तिक्षणाले १२ रनको नटआउट पारि खेले ।

यसैगरी एन्जेलो म्याथ्युजले पनि १२ रन बनाएर आउट हुँदा दुवै ओपनरसिहत ५ जनाले खाता खोल्न सकेनन् ।