इर्लिङ हाल्यान्डको दुई गोलका मद्दतले म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगमा योङ ब्बाइजमाथि ३–१ को सहज जित निकालेको छ । जितसँगै साविक विजेता सिटीले समूह ‘जी’ मा सतप्रतिसत जित कायम राखेको हो ।
३ खेलबाट ९ अंक जोडेको सिटी समुहको शीर्षस्थानमा छ । ६ अंक जोडेका आरबी लाइपजिग दोस्रो र समान एक अंकका साथ कार्भेना र योङ ब्बाइज क्रमस तेस्रो र चौथो स्थानमा छन् ।
योङ बोइजको द्दरेल् मैदानमा भएको खेलकमा द्दरेु टोलीले सिटिलाई पहिलो हाफमा रोक्न सफल रहेता पनि दोस्रो आफमा सिटिले गोल गरेको थियो ।

म्यानुयल एकान्जीको गोलबाट सिटीले ४८औं मिनेटमा अग्रता बनायो । तर घरेलु टोलीका ५२औं मिनेटमा बराबरी गोल फर्काएको थियो । मेस्चेक इलियाले गोल गरेका थिए । यसपछि हाल्यान्डले लगातार दुई गोल गर्दै सिटीलाई सहज जित दिलाएका हुन् ।
हाल्यान्डले ६७औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरे भने रोड्रीको पासमा ८६औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरेका हुन् ।
राति नै भएको खेलमा सोहि समुहो को खेलमा लाइपजिगले कार्भेनालाई ३–१ गोलले पराजित गरेको छ ।
लाइपिजिगका लागि राउम, सिमोन्स र डानी ओल्मोले गोल गर्दा कार्भेनका लागि स्टामेनिकले गोल गरे ।