फ्रान्सेली क्लव पीएसजीले च्याम्पियन्स लिगमा जित निकालेको छ ।
बुधबार भएको खेलमा पीउसजीले इटालियन क्लव एसी मिलाई ३–० गोलले पराजित गरेको हो ।
समुह एफ अन्तर्गत भएको खेलमा पीएसजीलाई जित दिलाउन एम्बाप्पे, कोलो मौनी र लि काङ इनले गोल गरे ।
पीएसजीको घरेलु मैदान पार्स डेस प्रिन्सेसमा भएको खेलमा एम्बाप्पेले खेलको ३२ औं मिनेटमा गोल गदैघरेलु टोलीलाई अगैता दिलाए ।
पहिलो हाफमा एक गोलको अग्रतालाई दोस्रो हाफमा ३–० मा पुर्याउदै सहजा जित किालेको हो ।
खेलको ५३ औं मिनेटमा कोलो मौनी र ८९औं मिनेटमा लि काङले गोल गरेका हुन् ।
यही समूहमा रहेको बोरुसिया डर्टमन्डले न्युक्यासल युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
डर्टमन्डको जितमा पहिलो हाफको ४५ औं मिनेटमा फ्लेक्स नेम्चाले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो ।
यो समूहमा पीएसजी ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने बोरुसिया डर्टमन्ड ४ अंकसहित दोस्रो स्थानमा छ ।
यसैगरी न्युक्यासल युनाइटेड ४ अंकसहित तेस्रो स्थानमा रहँदा एसी मिलान २ अंकसहित पुछारमा रहेको छ ।