एथ्लेटिक्समा पनि नेपाल निराश

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०६-१२
  • |
  • 377 पटक हेरिएको

एसियाली खेलकुदको महत्वपूर्ण खेल मध्ये एक एथलेटिक्समा शुक्रबार एसियाडको मुख्य रंगशालामा नेपालका सोमबहादुर कुमाल र महिलामा सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । कुमालले ४ सय मिटर दौड ४८.६८ सेकेन्डमा पूरा गरे । सहभागी सात मध्ये उनी पाँचौ  भए । उनले दक्षिण कोरिया र कीर्गिस्तानका धावकलाई पछि पारे ।

कुमालले एसियाडको तयारी प्रशिक्षणका दौरान नै डेंगु लागेका कारण प्रदर्शन राम्रो नभएको प्रतिक्रिया दिएका छन् । ‘प्रतियोगिता अगाडि नै मलाई डेंगु लागेको थिए । यसले मेरो तयारी राम्रो भएन, कुमालले भने, ‘विरामी नपरेको भए, व्यक्तिगत नाममा रहेको रेकर्ड तोड्ने योजना थियो ।’

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठले दस हजार दौड ३८ मिनेट ४०ः१५ सेकेन्डमा सकाइन् ।

भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal