प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नं १३ र वडा नं १४ बिच हुने भएको छ ।
लैनचौर फुटसल मैदानमा मङ्गलवार भएको पहिलो सेमिफाइनलमा खेलमा वडा नं १४ ले वडा नं ४ लाई १–० ले हरायो । सो खेलमा आरोन खड्काले निर्णायक गोल गर्नुभयो । आरोन नै म्यान अफ दि म्याच घोषित भए ।
अर्को सेमिफाइनलमा वडा नं १३ ले वडा नं २६ लाई २–० ले पराजित गरेको थियो । सो खेलमा दुवै गोल वडा १३ का आसिस कपालीले गोल गरेका थिए । आसिस नै म्यान अफ दि म्याच चुनिए । फाइनल खेल बुधवार बिहान १० बजे हुनेछ ।
नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसै गरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।