एसीसी इस्टर्न जोन यु १६ क्रिकेटमा नेपालले आज मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाबीचको खेल विहान सवा ७ बजे सुरुहुने छ ।
नेपाल र मलेसिया दुवै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
आजको खेलको नतिजाले समूह विजेता र उप विजेताको टुंगो लाग्ने छ ।
नेपालले पहिलो खेलमा थाइल्याण्डलाई २२५ रनले पराजित गरेको थियो भने मलेसियाले पनि थाइल्याण्डमाथि ११८ रनले पराजित गरेको थियो ।
नेपाल आज पनि जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा रहेको छ ।

थाइल्याण्डलाई ४४ रनमै अलआउट गरेको नेपालले आज पनि सोही प्रदर्शन कायम राख्ने लक्ष्य भने लिएको छ ।
थाइल्याण्डविरुद्धको खेलमा नेपालका निरज कुमार यादव र नरेन भट्टले अर्धशतकीय पारि खेल्दा सन्तोष यादव, सूर्यांन्शु कोइरालाको पनि सम्झन लायक प्रदर्शन थियो ।
बलिङमा सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिएका थिए ।