एसियाली खेलकुदका लागि सचिवालय स्थापना

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-१९
  • |
  • 485 पटक हेरिएको

एसियाली खेलकुदको तयारी र व्यबस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंको त्रिपुरेश्वरमा सचिवालय स्थापना गरेको छ ।  

चीनको होङझावमा आयोजना हुने १९ औं एसियाली खेलकुदको तयारी सहभागिता र व्यबस्थापनका स्थापना गरिएको सचिवालय कार्यालयको खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरेका छन् । सचिवालय उद्घाटन गर्दै मन्त्री लिम्बुले खेलकुल क्षेत्रको बिकासका लागि भएका नीति नियमलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले यस क्षेत्रमा बजेट कम हुन नलिन आफु लागेको भन्दै विवाद नभई समन्वयकारी भूमिका निर्वाह गर्दै काम गर्न राखेपलाई निर्देशन दिए । उनले एसियाली खेलकुदको राम्रो व्यवस्थापनको तयारी भइरहेको भन्दै स्वार्थभन्दा मागि उठेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको भन्दै तयारीलाई चुस्त बनाउन सचिवालय स्थापना गरिएको जानकारी दिए। उनले धेरै खेलको खेलाडी छनोट भइसकेको अवस्थामा विशेष प्रशिक्षणको तयारी भईरहेको जानकारी दिए ।

विशेष तालिमका लागि बिशेष योजना तयार गरि कार्यान्वयन गर्ने गरि अघि बढ्ने बताए । 

सदस्य सचिव घिसिङले एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने पनि जानकारी दिए ।  आगामी असोज ६ गतेबाट एसियाली खेलकुद सुरु हुँदै छ ।

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey