सरकारको नीति तथा कार्यक्रममा ४ वटा बुँदामा खेलकुद समेटियो

Kelmi
Global IME
  • नेप्लेज
  • |
  • २०८०-०२-०५
  • |
  • 719 पटक हेरिएको

सरकारले वडास्तरमा खेल मैदान निर्माण गर्ने अभियानलाई यसपटक पनि निरन्तरता दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले कीर्तिपुर र मूलपानी मैदाको स्तारोन्नती २ वर्षभित्र गरिने बताएका छन् ।

१४७.    हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिनेछ। वार्षिक खेलकुद क्यालेण्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरूको आयोजना गरिनेछ। एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिनेछ।

१४८.   खेलकुदलाई राष्ट्र्को पहिचान¸ गौरव र प्रतिष्ठाु बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रि यस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइनेछ। अन्तर्राष्ट्रिरयस्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरूलाई प्रोत्साहन एवं पुरस्कृत गरिनेछ।

१४९‍.   खेलकुद पूर्वाधारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिनेछ। खेलकुद पर्यटनको विकास र विस्तार हुने किसिमका खेलकुद पूर्वाधारहरू सार्वजनिक(निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिनेछ। 

१५०.    आगामी दुई वर्षभित्र काठमाडौँको कीर्तिपुर र मूलपानी क्रिकेट रङ्गसशालाको स्तरोन्निति सम्पन्नव गरी अन्तर्राष्ट्रिायस्तरको प्रतियोगिता सञ्चा लन हुने व्यवस्था गरिनेछ।चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ्ग्को विराटनगर क्रिकेट रङ्गपशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइनेछ।

कीर्तिपुर र मूलपानीको २ वर्षभित्र स्तरोन्नती गरिने 

 

भर्खरै

Advertisement

NTA

Advertisement

Nepal Telecom Authority
Bike price in Nepal