अष्ट्रेलियन ओपन विजेता वाज्नियाकीको जितको यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१९
  • |
  • 286 पटक हेरिएको

बर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन विजेता डेनमार्ककी खेलाडी क्यारोलिन वाज्यिनाकीले सेन्ट पिटर्सबर्ग ओपन टेनिसमा पनि जितका साथ प्रतियोगिता सुरु गरेकी छिन ।

पिटर्सबर्गमा भएको पहिलो चरणको खेलमा वाज्नियाकीले रसियन खेलाडी एनास्तास्ता पोतापोभालाई दुई शुन्यको सोझो सेटमा हराइन ।

अष्ट्रेलियन ओपनको उपाधि जितेको एक साता पछि नै कोर्टमा फर्किएकी वाज्नियाकीले एनास्तास्तालाई पहिलो सेटमा ६–० र दोस्रो सेटमा ६–१ ले हराइन ।

कुल एक घण्टा सात मिनेट कोर्टमा बिताउदै वाज्नियाकीले विश्व बरियतामा २३५ औ स्थानमा रहेकी एनास्तास्तालाई सहज रुपमा हराइन ।

अब वाज्नियाकीले दोस्रो चरणमा रशियाकी दारीय कासाकिनासंग खेल्नेछिन । करियरको पहिलो ग्राण्डस्लाम जित्ने क्रममा वाज्नियाकीले शिर्ष बरियताकी सिमोना हलेपलाई हराएकी थिइन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey