टाईगर टप भलिबलः महिलातर्फ न्यु डायमन्ड तेस्रो  

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१३
  • |
  • 378 पटक हेरिएको

न्यु डायमन्ड स्पोर्टस क्लव तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव भलिबल च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ तेस्रो भएको छ । तेस्रो भएसँगै न्यु डायमन्डले नगद रु १ लाख २५ हजार प्राप्त गरेको छ । 

आज भएको तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्डले आयोजक गण्डकी प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । 

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा न्यु डायमन्डले २५–१९,२५–१६ र २५–१६ले जितेको छ । 

पहिलो सेमिफाइनलमा एपिएफले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा र दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लवले न्यु डायमन्ड स्पोर्टस क्लवलाई  ३–१ को सेटमा पराजित गरेको थियो । 
उपाधिका लागि भोली दुई विभागिय क्लव त्रिभुवन आर्मी क्लव र एपिएफ क्लव खेल्नेछन् । 

महिला–पुरुष दुवैतर्फ च्याम्पियन टोलीले रु पाँच–पाँच लाख र उपविजेता टिमलाई समान नगद रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
 
तृतीय हुने टोलीलाई रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
 
महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् ।
 
हरेक विद्याका उत्कृष्ट पाँच खेलाडी र प्रशिक्षकलाई रु दश–दश हजार र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey