लालप्रसाद र ईन्द्र क्वाटर फाइनलमा सिमित 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-०७
  • |
  • 355 पटक हेरिएको

काठमाडौं । थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ को पुरुष ताैल समुहमा १९ बाउट प्रतियोगिताको तेस्राे दिन सम्पन्न भएकाे छ ।

आज सम्पन्न क्वाटर फाईनल बाउटहरुमा नेपाली मुक्बेबाज द्वय लाल प्रसाद उप्रेती र ईन्द्र बहादुर सुनारले हार बेहाेरेका छन् ।

बाउट नम्बर २१ पुरुष तर्फ ४८ केजी ताैल समुहका मुक्केबाज लाल प्रसाद उप्रेती फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसंग  ५:० अंककाे आधारमा हारे भने बाटट नम्बर ३० पुरुष तर्फ ५७ केजी ताैल समुहमा नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनार मङ्गाेलियन मुक्केबाज गन्तुमार लुण्डासंग आरएसिकाे आधारमा दाेस्राे राउण्मा हार बेहाेनु परेकाे थियाे । सुनारले प्रीक्वाटरमा लाओसका मुक्केबाज ५:० अंककाे आधारमा हराएका थिए । 

सुनारकाे अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्राे पटक सहभागीता हाे भने लाल प्रसाद उप्रेतीकाे सहभागीता पहिलाे थियाे । 

नेपालबाट सहभागी मुक्केबाजहरु क्रमश: महिला ४८ केजी ताैल समुहमा सुस्मा तामाङ, ५७ केजी ताैल समुहमा हेमा राई र ७५ केजी ताैल समुहमा त्रिशा जवेगु सेमिफाईनलमा प्रबेश भईसकेका छन् । उनीहरुले जनवरी २२ मा क्रमश:  मंगाेलियन मुक्केबाज बेसेन्बेई जानार्गुली, मङ्गाेलियन मुक्केबाज बटुर जाेल्जार्गल, काजिकिस्तानी एरजन गुल्सायसंग खेल्नेछन्

भने पुरुष तर्फ ८६ केजी ताैल समुहमा विजयले ईन्डाेनेशियन मुक्केबाज माेसकिता माईकलसंग सेमिफाईनलमा जनवरी २३ तारिखमा खेल्नेछन् । 

एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, कजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, मलेसिया, मंगोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey