इनास अपी स्पाेर्ट्स जुनियर ब्याडमिन्टन सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०९-२८
  • |
  • 348 पटक हेरिएको
नेपालका लागि खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्ट च्याम्पियनसिप आजबाट राजधानीमा सुरु भएको छ ।
 
बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा भएको च्याम्पियनसिपको प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमविच उद्घाटन गरे ।
 
च्याम्पियनसिपको उद्घाटन गर्दै प्रमुख अतिथी तिम्सिनाले आजका जुनियर खेलाडीहरुनै भोली अन्तराष्ट्रिय खेल क्षेत्रमा राष्ट्रको झण्डा बोकेर राष्ट्रको प्रतिष्ठालाई उच्च राख्ने खेलाडी बन्नेमा आफु बिश्वस्त रहेको बताए । उनले राज्यका निकायहरुले ध्यान दिनुपर्ने क्षेत्रलाई निजी क्षेत्रले लगानी गरेर अगाडी बढाएकोमा आयोजक र प्रायोजकहरुलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा यसले उपलब्धि प्राप्त गर्ने बताए ।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जुनियर प्रतियोगिता आयोजना गर्न पहल गरेकोमा इनास ईन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोला र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीका अध्यक्ष कमलेश निरौलालाई धन्यवाद प्रदान गरे ।
 
लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराईज मार्फत प्रायोजन तथा खेलाडीहरुलाई सहयोग पु¥याउँदै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्धेश्यले अन्तराष्ट्रिय स्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई महत्वमा राख्दै च्याम्पियनसिप आयोजना गर्न लागिएको प्रोपाईटर राजु बास्तोलाले बताए ।
 
योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यु-१५, यु-१३ र यु-११ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा भईरहेको छ ।
 
आज भएको यु-१३ ब्वाईज तर्फको खेलमा आईडिबीका अच्युत ढुङ्गेलले नाईटिङ्गे एकेडेमीका निश्चल थापालाई २१-१०, २१-८ ले पराजित गर्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
 
यस्तै नेपाल पुलिसका प्रनिश कार्कीले दीपक ब्याडमिन्टन एकेडेमीका आलोक लामालाई २१-११, २१-१५, एपेक्स लाईट स्कुलका सुहम कार्कीले कैलालीका रियांस चौधरीलाई २१-१९, २१-१८ले, धादिङ्गका आयुष मगरले किर्तिपुरकाा सविन लामालाई २१-८, १५-२१, २१-१३ले, सेनाका रिजन मगरले बुढानिलकण्ठका आनन्द पोखरेललाई २१-१०, २१-३ ले, कैलालीका शिषिर रानाले ग्यालेक्सीका सक्षम रेग्मीलाई २१-६, २१-१ ले, सूर्यदर्शनका आदित्य थारुले नेपाल पुलिसका सिद्धान्त श्रेष्ठलाई २१-४, २१-३ ले, क्यानभार बोर्डिङ्गका प्रवल श्रेष्ठले ईमाडोल ब्याडमिन्टन स्पोर्टस् सर्कलका प्रशान्त बुढाथोकीलाई २१-७, २१-१९ ले, सूर्यदर्शनका सुबम श्रेष्ठले दोलखाका सुजल दाहाललाई २१-७, २१-६ ले, ग्लालेक्सीका रिशभ राईले कैलालीका युगान्त रानालाई २१-११, २१-६ ले, सेनाका सुदेश राजकोटीले कञ्चनपुरका अक्षय खत्रीलाई २१-१२, २१-१४ ले, कपिलबस्तुका शिभम कासुधनले किर्तिपुरका प्रपन्न अधिकारीलाई २१-११, २१-१२ ले सेनाका दीप थिङ्गले मलेखुका गगन कडेललाई २१-१, २१-१० ले, एपेक्स लाईट स्कुलका सत्यम कार्कीले नेपाल स्पोर्ट फेलोसिपका अलिष माझीलाई २१-४, २१-४ ले, तनहुका सफल भुजेलले सूर्यदर्शनका शिवम श्रेष्ठलाई २१-१५, २१-१२ ले र एपिएफका आरुष सिमखडाले कैलालीका आदित्य चौधरीलाई २२-२०, १९-२१, २२-२० ले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् ।
 
यस्तै यु-१५ छात्र तर्फको प्रतिस्पर्धामा दार्चुलाका पप्पु बहादुर पालले सक्षम ढकालबाट वाकओभर र सूर्यदर्शनका अमन डङ्गोलले किर्तिपुरका साजन लामालाई २१-१०, २१-२ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए । प्रिक्वाटरमा स्थान बनाउने क्रममा सेनाका सुर्य महर्जनले अनिष गुरुङबाट वाकओभर, ग्यालेक्सीका रिषभ राईले कपिलबस्तुका मुनी सिंह क्षेत्रीलाई २१-१२, २१-७ ले, धादिङ्गका अश्विन मगरले विल्सन एकेडेमीका जितेन महतालाई २१-१४, २१-१३ ले, सूर्यदर्शनका सुभम श्रेष्ठले पेप्सीकोलाका आर्यन श्रेष्ठलाई २१-७, २१-१२ ले, एपिएफका प्रारम्भ सिमखडाले आईडिबीका अच्युत ढुङ्गेललाई २१-७, २१-२ ले, त्रियोगका उज्वल श्रेष्ठले कैलालीका युगान्त रानालाई २१-१२, २१-५ ले तनहुका सफल भुजेलले सूर्यदर्शनका शिवम श्रेष्ठलाई २१-१६, २१-१४ ले र सेनाका सुविन श्रेष्ठले दार्चुलाका आयुष पाललाई २१-१४, २१-७ ले पराजित गरे ।
 
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा एनआरइएसको सह-प्रायोजन रहेको च्याम्पियनसिप पौष २८ देखि ३० गते सम्म बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा आयोजना हुने छ । च्याम्पियनसिपमा करिव १५० खेलाडीहरुको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताए ।
 
च्याम्पियनसिपमा विजयी हुने खेलाडीहरुले मेडल, ट्रफी प्रमाणपत्रका साथ यु-१५ तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने छन् । क्वाटरफाईनलिष्टले २ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै यु-१३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाईनलिष्टले २ हजार र प्रिक्वाटरफाईनलिष्टले १ हजार २ सय प्राप्त गर्ने छन् । यु-११ तर्फ प्रथमले ४ हजार, द्वितीयले २ हजार, तृतीयले २ हजार, क्वाटरफाईनलिष्टले १ हजार ५ सय र प्रिक्वाटरफाईनलिष्टले १ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey