साम करन आईपीएलकै महँगा खेलाडी बने

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-०९-०८
  • |
  • 469 पटक हेरिएको

इङ्ल्यान्डका अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । २४ वर्षीय करनलाई कोच्चिमा जारी आईपीएल मिनी अक्सनमा पञ्जाब किंग्सले १८.५० करोड भारुमा किनेको थियो ।

शुक्रबार दिउँसो २ः३० बजे सुरु भएको मिनी अक्सनमा ८७ खेलाडी खरिद गरिने छ । पहिलो पटक अक्सनमा नबिकेका रिले रुसोलाई दोस्रो पटक दिल्ली क्यापिटल्सले ४.६० करोडमा किनेको थियो ।

बंगलादेशका लिटन दासलाई कोलकाता नाइट राइडर्सले ५० लाखमा किनेको थियो । अकिल हुसेनलाई सनराइजर्स हैदरावादले १ करोडमा किनेको थियो । एडम जाम्पालाई राजस्थान रोयल्सले १.५० करोडमा किनेको थियो । केएम आसिफलाई राजस्थान रोयल्सले ३० लाख, आकाश वशिष्ठ र मुरुगन अश्विनलाई २०–२० लाखमा किनेको थियो । नवीन उल हकलाई लखनऊ सुपरजायन्ट्सले ५० लाखमा किनेको थियो ।

आईपीएल मिनी अक्सन  

१. सबैभन्दा महँगा साम करन

साम करन आईपीएलको अक्सन इतिहासमा सबैभन्दा महँगो खेलाडी बनेका छन् । उनलाई पञ्जाबले १८.५० करोडमा किनेको थियो । यसअघि सबैभन्दा महँगो खेलाडीको कीर्तिमान दक्षिण अफ्रिकाका क्रिस मोरिसको नाममा थियो । उनले १६.२५ करोड कमाए ।  

२. पूरन आईपीएल इतिहासमा सबैभन्दा मूल्यवान विकेटकिपर

आईपीएलको अक्सन इतिहासमा अर्को कीर्तिमान कायम भएको छ । वेस्ट इन्डिजका निकोलस पूरन विकेटकिपरका रूपमा अहिलेसम्मकै महँगो बिक्रेता हुन् । उनलाई लखनउ सुपर जायन्ट्सले १६ करोडमा किनेको थियो । यसअघि सबैभन्दा धेरै कमाउने विकेटकिपर मुम्बईका इशान किशन (१५.२५ करोड) थिए। 

३. अनक्याप  विभ्रान्त शर्मामा धेरै नै विश्वास

अनक्याप्ड खेलाडीको अक्सनमा जम्मू कश्मीरका विभ्रान्त शर्माको बोलीले सबैलाई चकित पारेको छ । बायाँ हाते स्पिन बलिङका साथ ब्याटिङ गर्न सक्ने भिभ्रान्तलाई सनराइजर्सले २.६ करोडमा किनेको थियो। अनक्याप्ड फास्ट बलर शिवम मावीलाई पनि टाइटन्सले ६ करोडमा किनेको थियो । उनी बाहेक बंगालका तेज बलर मुकेश कुमारलाई दिल्लीले ५.५० करोडमा किनेको थियो । टी–२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध ह्याट्रिक गरेका बायाँ हाते तेज बलर जोस लिटलले पनि ठूलो बोली लगाएका छन् । उनलाई गुजरात टाइटन्सले ४.४० करोडमा किनेको थियो । उनी पहिलो पटक आईपीएलको अक्सनमा थिए ।

४. फास्ट बलिङ अलराउन्डरहरूमा रेकर्ड बोली

अपेक्षा गरे अनुसार, मिनी अक्सनमा फास्ट बलिङ अलराउन्डरहरूको उच्च माग थियो। यी अलराउन्डरले ३० मिनेटमा ५९ करोड कमाए । गत टी–२० विश्वकपका प्लेयर अफ द टुर्नामेन्ट साम करनलाई .पञ्जाबले सर्वाधिक १८ करोड ५० लाखमा किनेको थियो ।

अस्ट्रेलियाका क्यामरुन ग्रीनलाई मुम्बई इन्डियन्सले १७.५० करोडमा किनेको थियो । इंग्ल्याण्डको टेष्ट टोलीका कप्तान बेन स्टोक्सले १६.२५ करोड भारु पाएका छन् । उनलाई चेन्नई सुपर किंग्सले किनेको थियो । जेसन होल्डरलाई राजस्थान रोयल्सले ५.७५ करोडमा किनेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey