यू-१९ राष्ट्रिय क्रिकेटकाे उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-१७
  • |
  • 533 पटक हेरिएको

राजधानीमा जारी यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा लुम्बिनी प्रदेशले स्थान पक्का गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाएको हो ।

२२३ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ४५.४ ओभरमा सवै विकेट गुमाएर १६४ रनमा रोकिएको थियो । लुम्बिनीलाई जिताउनका लागि अभिषेक गौतम र विशाल विक्रम केसीले समान तीन तीन विकेट लिएका थिए । यसैगरी दुर्गेश गुप्ता, निर्मल गुरुङ र तुलबहादुर थापाले एक एक विकेट हात पारे ।

मधेशका लागि मयन यादवले ३८ रन बनाए । सरफराज मन्सुरले ३१ रन बनाए । अलि अन्सारीले २२ र डब्लु मल्लिकले १८ रनको योगदान गरेका थिए ।

 टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २२२ रन बनायो ।  जसमा प्रज्वल थापाले अर्धसतकीय पारी खेल्दै सवौधिक ८५ रन बनाए ।

मधेशका निकेश गुप्ताले ३, नितेश यादवले २,अभिषेख तिवारीले २ विकेट लिए ।  
अब उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey