उमा कुङफुको निर्णायक टोली भारत प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०७-३०
  • |
  • 409 पटक हेरिएको

भारतीय कुङफु फेडरेसनको आयोजनामा हुने १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली उमा कुङफुको निर्णायक टोली बुधबार भारतको लखनउ प्रस्थान गरेको छ ।

नोभेम्बर १९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सन्जितकुमार राई, भूपेन्द्र गुरुङ, उद्धव थापा मगर र रमेश महर्जनले जजको भूमिका निर्वाह गर्ने छन् । रेफ्रीमा कमल मगर, श्याम डंगोल, सञ्जयराज पुटुवार, मओज विन्दुकार, निरञ्जन मोक्तान, मनीष पुटुवार, प्रसाङ तामाङ, सुनिता श्रेष्ठ, सरिना घले, सडन गुरुङ, सूर्य लामा, रवि महर्जन र सिवान सुनुवार रहेका छन् ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु नेपाली उमा कुङफुको निर्णायक टोलीले सञ्चालन गर्ने नेपाल उमा कुङफु संघले जनाएको छ ।
‘भारतीय संघले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा नेपाली उमा कुङफुको निर्णायक टोलीले खेल सञ्चालन गर्ने र हाम्रो संघले प्रतियोगिता आयोजना गर्दा भारतीय कुङफु फेडरेसनको निर्णायक टोलीले खेल सञ्चालन गर्ने दुई पक्षीय सहमति भए अनुसार हामी लखनउ जान लागेका हौं ।’ संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राईले भने– ‘यसो गर्दा निर्णय निष्पक्ष हुन्छ भन्ने हो ।’

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey