इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
गयराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडमाथि १–० गोलको कठिन जित दर्ता गरेको हो ।
वल्डटाफोर्डमा म्यानचेस्टर युनाइटेडले ३८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । उसका लागि मार्कस रासफोर्डले इरिक्सनको पासमा गोल गरेका थिए ।
पहिलो हाफमा गरेको १ गोल नै अन्तिमसम्म कायम राख्दै युनाइटेडले स्पष्ट ३ अंक जोडेको थियो ।
जितपछि म्यानचेस्टर युनाइटेड १२ खेलबाट २३ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।
यसैगरी पराजित भएको वेस्टह्याम युनाइटेड १४ अंकका साथ १३ औं स्थानमा रहेको छ ।
यस्तै गयराति नै भएको खेलमा नटिङहम फरेस्टमाथि ५–० गोल अन्तरको जित दर्ता गर्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ ।
आर्सनलले म्यानचेस्टर सिटीलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
आर्सनलको ३१ अंक रहेको छ भने सिटीको २९ अंक रहेको छ ।
नटिङहम पुछारमा रहेको छ ।