खेलकुद मन्त्री अथकले दिए राष्ट्रिय फुटबल टिमलाई बधाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०६-१२
  • |
  • 530 पटक हेरिएको

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन ।

मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेश बिरुद्ध जित निकाल्न सफल राष्ट्रिय टिमका खेलाडीह्रुलाई मन्त्री अथकले बधाई दिएका हुन । 

सामाजिक संजालमा खेलाडीहरुसँगको तस्बिर शेयर गर्दै मन्त्री अथकले नेपाली राष्ट्रिय टिमलाई बधाई दिएका छन् । 

मंगलबार बेलुका नेपाल र बंगलादेश बिचको खेल हेर्न दशरथ रंगशाला पुगेका मन्त्री अथकले खेल सकिएलगत्तै मैदानमै पुगेर खेलाडीहरुलाई बधाई दिएका थिए ।

बिजयी सेलिब्रेशन गरीरहेका खेलाडीहरुलाई साथ दिन मैदानमै उत्रिएका मन्त्री अथकले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ लगातएका खेलाडीसँग केही समय भलाकुसारी गरेका थिए ।

प्रतियोगिता अवधिभर रंगशालामै बसेर मन्त्री अथकले खेलाडीहरुको हौसला समेत बढाएका थिए । मैत्रिपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।  

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey