ला लिगामा रियलकाे विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-३०
  • |
  • 344 पटक हेरिएको

डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगाकाे नयाँ सिजनमा विजयी सुरुआत गरेकाे छ।

गयराति भएकाे खेलमा रियलले अल्मेरियाविरुद्ध २-१ गाेल अन्तरकाे जीत दर्ता गरेकाे हाे ।

१ गाेलले पछि परेकाे अवस्थामा रियलले पुनरागमन जीत निकाल्न सफल भयाे ।

रियलका लागि लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे ।

अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।

जितसँगै  रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो ।   

ला लिगा अन्तर्गत अरु खेलमा भ्यालेन्सीयाले जियाेनालाई १-० गाेल अन्तरले पराजित गर्दा रियल साेसिडाडले पनि कार्डिजलाई १-० गाेल अन्तरले पराजित गरेकाे थियाे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey