प्रिमियर लिगमा नटिङघमको जीत


-
नेप्लेज
- |
- २०७९-०४-२९
- |
- 358 पटक हेरिएको
इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेस्ट विजयी भएको छ ।
जारी सिजनको दोस्रो खेल खेलको नटिङघमले पहिलो जीत निकाल्दा वेस्टह्याम युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
वेस्टह्यामको भने यो लगातार दोस्रो हार हो ।
ताइओ माइकल अवोनीले पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा गोल गर्दै नटिङघमलाई अग्रता दिलाए ।
सोही अग्रता अन्तिमसम्म कायम राख्दै जारी लिगमा पहिलो ३ अंक जोड्न सफल भयो ।