आयरल्याण्डविरुद्धको सिरिजमा द.अफ्रिकाको क्लिनस्वीप

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२१
  • |
  • 453 पटक हेरिएको

आयरल्याण्डविरुद्धको टी–२० सिरिज दक्षिण अफ्रिकाले क्लिनस्वीप गरेको छ।

गयराति भएको खेलमा ४४ रनको जीत दर्ता गर्दै २ म्याचको टी २० दक्षिण अफ्रिकाले २–० ले आफ्नो पक्षमा पारेको हो।  

दक्षिण अफ्रिकाले दिएको १८३ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १३८ रनमा समेटिन पुग्यो। आयरल्याण्डका ह्यारी टेक्टरले सर्वाधिक ३४ रन बनाउँदा ब्यारी म्याक्कार्थीले ३२ रनको योगदान गरे।

यस्तै, पौल स्टर्लिङले २८ र कुर्थिस च्याम्पिफियरले १९ रन जोड्दा जोस लिटलले नटआउट ७ रन बनाए। अरु बाँकी खेलाडीको प्रदर्शन सम्झन लायक नै  रहेन। 

दक्षिण अफ्रिकाका लागि वायन पार्नेलले ५ विकेट लिँदा डेनियल प्रिरियसको नाममा २ विकेट रह्यो। लुंगि एनगिडी र तबरेज सम्सीले १–१ विकेट लिए। पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो। 

रिजा हेन्ड्रिक्सले ४२ र हिनरिच केल्सनले ३९ रन बनाए। त्यस्तै कप्तान डेबिड मिलरले अविजित ३२ तथा एडम माकरमले २७ रनको योगदान गरेका थिए। आयरल्याण्डका गरिथ डिलेनले २ विकेट हात पारे। 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey