मुर्रे वासिङटन ओपनको पहिलो चरणबाटै बाहिरिए 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-१७
  • |
  • 575 पटक हेरिएको

 विश्व वरियतामा ५०औं स्थानमा रहेका बेलायती टेनिस खेलाडी एन्डी मुर्रे वासिङटन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् ।

पहिलो खेलमा पराजित भएसँगै मुर्रे वासिङटन ओपनबाट बाहिरिएका हुन् ।

कुनै समय विश्व वरियतामा शीर्षस्थानमा रहेका मुर्रे विश्व वरियतामा ११५ औं स्थानमा रहेका स्विडेनका खेलाडी मिकेल एमरसँग पराजित भएका हुन् ।

मुर्रे एमरसँग ७–६(१०–८), ४–६, ६–१को सेटमा पराजित भएका हुन् ।   

मुर्रेले आफ्नो करियरमा ४५ उपाधि जितेका छन् ।

मुर्रेले अष्ट्रेलियन ओपन पाँच पटक, फ्रेन्च ओपन एक पटक, विम्बल्डन दुई पटक र यूएस ओपन एक पटक जितेका छन् ।

त्यस्तै ओलम्पिकको उपाधि दुई पटक जितेको मुर्रेले एटिपी टुर्स एक पटक जितेका छन् ।  

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey