विश्वकपका लागि कतारको म्याराथन तयारी, आर्मीको जस्तै कठिन क्याम्प हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-१४
  • |
  • 1090 पटक हेरिएको

यो पटकको फिफा विश्वकप कतारमा नयाँ तरिकाले हुँदैछ । सधै जुन र जुलाईमा हुने प्रतियोगिता यो पटक नोभेम्बर र डिसेम्बरमा हुँदैछ भने पहिलो पटक मिडिल इष्टमा मुस्लिम देशमा हुँदैछ । त्योपनि कतारको प्रचण्ड गर्मीलाई छिचोल्नका लागि एयर कन्डिसनयुक्त रंगशालामा हुने भएको छ ।

घरेलु मैदानमा हुने विश्वकपमा सोझै छनोट भएको कतारको फुटबल टिमका लागि पनि तयारी नयाँ तरिकाले गर्ने भएको छ । कतारले विश्वकपको लागि ६ महिनाको विशेष प्रशिक्षण क्याम्प राख्ने भएको छ । यसअघि कुनैपनि प्रतियोगिताका लागि यति लामो समयसम्म प्रशिक्षण क्याम्प नराखेको कतारले पहिलो पटक विश्वकपका लागि भनेर खेलाडीले लामो समयसम्म बिशेष क्याम्प राख्ने भएको हो । 

कतारले अघिल्लो महिनामात्र २७ खेलाडीलाई बोलाइसकेको छ । जसमा फेलिक्स सान्चेले नोभेम्बरमा केहि मैत्रीपुर्ण खेल खेलाउने तयारी छ । जसमा इक्वेडर एक टिम रहेको छ । यतिमात्र होइन, कतारले पहिलो पटक स्पेन र अष्ट्रियामा प्रशिक्षण क्याम्प राख्नेछ । जसमा चार देश बिच प्रतियोगिता हुनेछ । त्यसमा मोरक्को र घानाले पनि सहभागिता जनाउनेछन । 

कतारले आफ्नो टिमलाई बलियो बनाउन बनाएको यो योजना अहिलेसम्म कै उत्कृष्ट र निकै प्रोत्साहन मुलक रहेको जनाएको छ । खेलाडीलाई मानसिक र शारिरिक रुपमा बलियो बनाउनका लागि यो कार्यक्रम तयार पारेको कतार सुपर लिग खेल्ने टिमका एक पदाधिकारीले बताए । 

लामो समयसम्म परिवारबाट बाहिर हुन निकै चुनौतीपुर्ण रहेको र खेलाडीले क्याम्पपनि छोड्नसक्ने उनले बताए । कतारले २० बर्ष अगाडी दक्षिण कोरियाले गरेको कार्यक्रमबाट प्रभावित भएको बताइएको छ । त्यो बेला दक्षिण कोरियाले खेलाडीलाई पाँच महिनाको क्याम्पमा राखेको थियो । 

त्यो बेला दक्षिण कोरियाले सेमिफाइनलसम्मको यात्रा गरेको थियो । जसमा जर्मनीलाई पराजित गरेको थियो । अब कतारले पनि घरेलु मैदानमा हुने विश्वकप जस्तो ठूलो प्रतियोगितामा टिमको प्रदर्शन राम्रो होस भनेर यो योजना बनाएको छ । कतारको क्याम्प कुनै आर्मीको क्याम्प भन्दा कम नहुने बताइएको छ ।

कतारले समुह चरणमा सेनेगल, नेदरल्याण्ड्स जस्ता टिमसँग समुह चरणमा खेल्नेछ । कतारले गत महिना च्याम्पियनसिप क्लब वाटफोर्डसँग मैत्रीपुर्ण खेल खेल्ने योजना भएपनि स्थगित भएको थियो । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey