मुवाँथाईको ग्रेडिङ सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-०७
  • |
  • 671 पटक हेरिएको

मुवाँथाई खेलको ग्रेडिङ (आर्म ब्यान्ड टेस्ट) शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए । २० पुरुष र २ महिला खेलाडी सहभागी थिए ।

सहभागीले स्पाइरिङ, बेसिक, फिजिकल, दौड, टेक्निक, प्याडिङ र लिखित परीक्षा दिएका थिए । रेड/ह्वाइटमा १, रेडमा ३, ब्राउन ह्वाइटमा १, ब्राउनमा ३, ब्लुमा ६, ग्रिन र यल्लो ह्वाइटमा २–२ तथा यल्लो ह्वाइटमा ४ जना सहभागी थिए ।

ग्रेडिङ आयोजक संघका अध्यक्ष समेत रहेका मुख्य प्रशिक्षक गणेशलाल कक्षपतिले सञ्चालन गरेका थिए । नतिजा २ हप्तापछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ । एकदिने ग्रेडिङ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको मुवाँथाईको आफ्नै हलमा भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey