विश्व एथ्लेटिक्समा अमेरिको अर्को क्लिन स्वीप

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-०६
  • |
  • 680 पटक हेरिएको

नोआ लाइल्सले केनी बेडनारेक र एरिओन नाइटनलाई पछि पार्दै स्वर्ण जितेसँगै विश्व एथलेटिक्स च्याम्पियनसिपमा अमेरिकी २०० मिटरको दौडमा क्लिन स्वीप गरेको छ ।  

लाइल्सले उक्त दुरी १९.३१ सेकेन्डमा पुरा गरेका थिए ।

उनी विश्वमा २०० मिटरको दुरी कम समयमा पुरा गर्ने तेस्रो खेलाडी बनेका छन् ।

उनले सन् १९९६मा एटलान्टामा माइकल जोन्सनले बनाएको अमेरिकी कीर्तिमानभन्दा एक सेकेण्डको सयौं भागले अगाडि रहेका छन् ।

उनी उसेन बोल्टको १९.१९ सेकेण्डको किर्तिमान पछि विश्वको तेस्रो स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा जमाइकाका योहान ब्लेक रहेका छन् ।

२०० मिटरको दोस्रोस्थानमा अमेरिकी खेलाडी केनी बेडनारेक रहेका छन् ।

उनले सो दुरी १९.७७ सेकेण्डमा पुरा गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका अमेरिकी धावक एरियोन नाइटनले १९.८० सेकेण्डमा दुरी पुरा गरेका छन् । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey