मोटरहेडको बिग बिगर बिगेस्ट अफर

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१४
  • |
  • 435 पटक हेरिएको

मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टेड्रले आफ्नो नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाउँदै बिग बिगर बिगेस्ट नामाकरण गर्दै यही असार १३ बाट थप अफरका साथ परिमार्जित गरेको छ ।
कम्पनीले सो मितिबाट मोटरहेडका वाइक खरीद गर्ने आफ्ना ग्राहकलाइ स्क्रयाच कुपन, बम्परमा सहभागीको साथै २ वर्षको वार्षिक कर फ्रि हुने बताएका छन् ।

जसमा स्क्रयाच गरी रु.१ लाख सम्म छुट पाउन सकिने र वम्परमा रु.२ लाख ७ हजार नाै सय नगद उपहार जित्न सकिने छ ।

साथै, पुराना वाइक सट्टापट्टा गरी खरीद गर्ने ग्राहकको हकमा कम्पनीले स्क्रयाच कार्ड उपलब्ध नहुने गरी सोझै बजार मुल्याकंनमा थप रु.२० हजार मुल्याकंन गरी २ वर्षको वार्षिक करको छुटको व्यवस्था गरेको छ ।

कम्पनीका अनुसार यो अफर सिमित अवधिको लागी लागू रहने छ ।

साथै कम्पनीको वाइकहरु हाल पुरानै मुल्यमा उपलब्ध रहेता पनि छिट्टै मुल्य बढ्ने जानकारी कम्पनीले दिएको छ ।

मोटरहेड ब्राण्डका अपग्रेड मोडलहरु जस्तै Scrambler, Tekken R 223, X-Torque 223, Sports-250 Offroad/ Road, MH-200X  र  ःMH-150R यो समयमा युवा र वयस्क माझ परिचित र रुचाइएको पाइन्छ ।

कम्पनीको पोखरा, वुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, विर्तामोड, कावासोती, स्याङजा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबिघाट, ललितपुरमा वितरक रहेका छन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey