अल्मुताइरी नेपाल फर्कने, एन्फालाई प्लान पठाउने तयारीमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१२
  • |
  • 2530 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व आएपछि सबैभन्दा बढी चासो रहेको विषय हो मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पुनरागमन की निस्कान।

यसअघि वरिष्ठ उपाध्यक्ष हुँदा वर्तमान अध्यक्ष पंकज विक्रम नेम्वाङसँगको टसलका कारण पहिला राजिनामा दिएर जाने घोषणा गरेका अल्मुताइरी त्यतिबेला रोकिएका थिए।

कुवेतमा भएको एसियन कप क्वालीफायरको खेलका लागि जानु अघि अल्मुताइरीविरुद्ध सिनियर खेलाडीले विद्रोह गरेपछि युवा खेलाडीहरुलाई लिएर त्यो प्रतियोगिताका लागि गएका थिए।

प्रतियोगिताका सबै खेलमा पराजित भएको नेपाली टिम स्वदेश फिर्ता भए पनि उनी उतै बसिरहेका छन्।

कम्तिमा ३ महिनाका लागि विदा स्वीकृत गराएर उतै बसेका अल्मुताइरी उतै भएका बेला नेपालमा एन्फाको निर्वाचन भयो।

उनले सबैभन्दा बढी विश्वास गर्ने निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा  पराजित भएपछि धेरैले अब अल्मुताइरी नफर्किने अड्कल पनि गरिरहेका छन्।

यसबीचमा एन्फाको पहिलो कार्यसमितिको बैठकले विद्रोह गरेर क्याम्प छाडेका सिनियर खेलाडीहरुलाई टिममा फर्काउने निर्णय गरिसकेको छ।

यो निर्णयको भने चौतर्फी स्वागत पनि भइरहेको छ। सोही बैठकले अर्को निर्णय पनि गरेको थियो प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विषयमा।

अल्मुताइरी कतार फुटबल संघको सहयोगमा नेपाली टिम सम्हाल्न आएका हुन् भने उनको कार्यकाल अझै २ वर्ष बाँकी रहेको छ।

उनकाे कार्यकाल २०२४ सेप्टेम्बर सम्म रहेकाे छ।

पहिलो कार्यसमितिको बैठकले महासचिव किरण राईलाई अल्मुताइरीसँग छलफल गर्ने जिम्मा दिएको थियो। 

कार्यसमितिको निर्णय अनुसार आफूले अल्मुताइरीसँग छलफल गरेको महासचिव राईले नेप्लेजलाई जानकारी दिए।

छलफल सकारात्मक रहेको र अल्मुताईरीले एन्फालाई ‘प्लान’ पठाउने  बताए।

एक दुई दिनमा अल्मुताइरीले प्लान पठाएपछि त्यस अनुसार अघि बढ्न सकिने राईको भनाई छ।

विगतका कुराहरु विर्सिएर अल्मुताइरी पनि नेपाल फर्कन तयार रहेको उनी निकट स्रोतले बताएको छ।

पंकज नेतृत्वको कार्यसमिति निर्वाचित भएलगत्तै अल्मुताइरीले नेपालसँगको सम्बन्ध टुटेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।

तर त्यो स्टाटस केही बेरमै डिलिट पनि गरेका थिए। 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey