हङकङसँग नेपाल पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०७
  • |
  • 527 पटक हेरिएको

एसीसी महिला टि २० क्रिकेटमा नेपाल हङकसँग ७ विकेटले पराजित भएको छ ।

नेपालले दिएकाे ११० रनकाे लक्ष्य हङकङले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेकाे थियोे । मारिकाे हिलले ४५ रन बनाउदा नतासा मिल्सले २८ रनकाे याेगदान गरिन् ।

नेपालका लागि संगिता राईले २ विकेट लिदा सिता रानामगरले १ वकेट लिईन् । पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो ।

नेपालका लागि रुविना क्षेत्री र अप्सरी बेगमले नटआउट पारि खेले । रुविनाले ३२ तथ अप्सरीले २२ रन बनाए ।

यसैगरी बिन्दु रावल २३ रनमा पभेलियन फर्किइन् । सीता रानामगरले ९ रन बनाउदा ममता चाैधरीले ९ तथा कबिता जाेशीले ४ रन बनाइन् । बेटि चानले हङकङका लागि २ विकेट लिइन् ।

हङकङसँग नेपाल पराजित भए पनि सेमिफाइनलमा पुगिसकेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey