आदिललाई कप्तान सन्दीपले दिए यस्ताे सुझाव

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०१
  • |
  • 4425 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ओमानविरुद्धको जित पछि खुसी व्यक्त गरेका छन् ।

खेलपछि पत्रकारहरुसँग कुरा गर्दै कप्तान सन्दीपले बलिङ एकदम राम्रो भएको र ब्याटिङमा ओपनरहरुको प्रदर्शनका कारण जित निकाल्न सम्भव भएको बताए ।

नेपाली टिममा अलराउण्डर धेरै भएकाले त्यसको फाइदा पनि हुने गरेको बताए । यसैगरी आदिलको विषयमा टिप्पणी गर्दै अझैं उनी फ्रि भएर खेल्न जरुरी छ ।

यदि आदिलले आफूलाई निखार्दै गएमा उनी टिमका लागि थर्ड सिमरको रुपमा महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

ओमानविरुद्ध आदिलले १० ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै २२ रन खर्चिएका थिए ।

नेपालले ओमानमाथि ७ विकेटको जीत दर्ता गरेको छ । नेपालले आजै राति अमेरिकासँग एक दिवसीय खेल्दै छ ।

कप्तान सन्दीपले पत्रकार सम्मेलनमा के भने त ? हेरौं यो भिडियो 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey