कोटेश्वरका सागरलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०१
  • |
  • 748 पटक हेरिएको

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागर घिमिरेले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन्।

पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ४८ केजीमुनि फाइनलमा सागरले आफ्नै डोजाङका निश्चल मगरलाई पराजित गरे।

पुरुष २५ केजीमुनि चन्द्रागिरीका संगम थापाले राष्ट्रिय विभूतिका युनिक रे, ४१ केजीमुनि बाँकेका सुदीप विकले चाँदनीका समिर गुरुङ, ४४ केजीमुनि नुवाकोटका अपिल लामाले भैरहवाका कुल्दिप गुप्ता, ३१ केजीमा चन्द्रागिरीका शिरीष नेगी लामाले चाँदनीका किरण तामाङ, ३८ केजीमुनि बाँकेका नवीन गौतमले धादिङका नवीन तामाङ तथा ५४ केजीमुनि स्युचाटारका सुजन श्रेष्ठले चाँदनीका नितेश चम्लागाईंलाई फाइनलमा हराउदै पहिलो भए।

महिला २५ केजीमुनि विशंखुकी प्रिन्शा कार्कीले चाँदनीकी सहारा तामाङ, ४० केजीमुनि चाँदनीकी यशोदा नेपालीले चन्द्रागिरीकी सिमानी लामा, २८ केजीमुनि राष्ट्रिय विभूतिकी सिमरन लामाले नुवाकोटकी समित्रा तामाङ, ४३ केजीमुनि भैरुनकी सदिक्षा कार्कीले कोटेश्वरकी सविना घले, ४६ केजीमुनि काटेश्वरकी इशिका राणाले नुवाकोटकी निर्मला तामाङ तथा ५७ केजीमुनि राष्ट्रिय विभूतिकी पुष्पा राखेल मगरले रत्ननगरकी रोजिना पौडेललाई पाखा लगाउदै शीर्ष स्थान हात पारे।

एकल पुम्सेतर्फ १२–१४ वर्षको पुरुषमा बाग्लुङका लभसन विक र महिलामा सतुंगलकी रोशनी दोङ, १५–१७ वर्षको पुरुषमा बर्दियाँका निर्मल पुन मगर र महिलामा कोटेश्वरकी सन्ध्या लामा तथा १७ वर्षमाथि पुरुषमा युनिटीका हेमराज शाही र महिलामा स्युचाटारकी मोनिका मगरले स्वर्ण हात पारे।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey