इगा स्विटेकले फ्रेन्च ओपन २०२२ को महिलातर्फको उपाधि जितेकी छिन्।
शनिबार फ्रान्सको राजधानी पेरिसमा भएको फाइनलमा कोको गाफलाई पराजित गर्दै उपाधि जित्न सफल भएकी हुन्।
इगा लगातार ३५ खेलमा अपराजित पनि रहिन्। इगा फ्रेन्च ओपनमा दोस्रो ग्रान्डस्लाम जित्न पनि सफल भएकी हुन्।
शीर्ष वरियताकी इगाले १८ वरियताकी कोकोलाई फाइनलमा ६–१ र ६–३ को सेटमा पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्।
पुरुषतर्फको उपाधिका लागि आइतबार राफायल नाडाल र क्यास्पर रुड आमने सामने हुने छन्।