सन् २००८मा सुरु भएको आईपीएलको यो सिजनमा राजस्थानका जोस बटलरले ओरेन्ज क्याप जिति सकेका छन् ।
उनी जारी प्रतियोगितामा ८०० प्लस रनका साथ शीर्ष स्थानमा रहँदै पर्पल क्याप जित्न सफल भएका हुन् ।
यसैगरी राजस्थान रोयल्सका युजवेन्द्र चहलले पर्पल क्याप जितेका छन् ।
उनले श्रीलंकन बलर वानेन्दू हसरंगालाई सर्वाधिक विकेटको लिस्टमा पछि पार्दै उपाधि हात पार्न सफल भएका हुन् ।
फाइनल अघि दुवै खेलाडीले १६ खेलबाट २६–२६ विकेट लिएका थिए ।
इकोनोमी रेटका आधारमा वानेन्दूको हातमा पर्पल क्याप रहेको थियो ।
तर फाइनलमा युजवेन्द्रले गुजरातका कप्तान हार्दिक पाण्ड्याको विकेट लिएपछि पर्पल क्याप पक्का गरे ।
हार्दिकलाई उनले ३४ रन बनाएका बेला यशश्वी जयसवालबाट क्याच गराएका थिए ।
योसँगै चहलले २७ विकेट पूरा गर्दै पर्पल क्याप पक्का गरेका हुन् ।