आईपीएलमा मुम्बईसँग चेन्नाई ५ विकेटले पराजित 

  • Image नेप्लेज
  • २९ वैशाख २०७९, बिहिवार
  • 1053 पटक हेरिएको
आईपीएलमा मुम्बईसँग चेन्नाई ५ विकेटले पराजित 

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले तेस्रो जित दर्ता गरेको छ। १२ मध्य तेस्रो जित दर्ता गरेको मुम्बईले ६ अंक जोड्दै तालिकाको पुछारमा आफूलाई राखेको छ।

आज भएको खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो। मुम्बईसँग पराजित भएको चेन्नाईले १२ खेलबाट ८ अंकमात्रै जोडेको छ। मुम्बई र चेन्नाईको प्लेअफ पुग्ने सम्भावना पनि सकिएको छ।

९८ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो। मुम्बईलाई जिताउनका रोहित शर्माले १८ रन बनाएका थिए।

यसैगरी इशान किशन ६ रनमा आउट हुँदा हार्थिक सोकेन १८ रन बनाएर पभेलियन फर्किए। तिलक बर्मा ३४ तथा टिम डेभिड १६ रनमा नटआउट रहे।

मुकेश चौधरीले ३ विकेट लिए। पहिला ब्याटिङ गरेको चेन्नाईले १६ ओभरमा जम्मा ९७ रन बनाएको थियो। चेन्नाईका लागि कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३६ रन बनाउँदा ड्वान ब्राभोले १२ रन बनाएका थिए। यसैगरी शिबम दुवे र अम्बाती रायडूले समान १०–१० रन बनाएका थिए। 

मुकेश चौधरीले ४ तथा समरजित सिंहले २ रन बनाउँदा ऋतुराज गायकवाडले ७ रनको पारि खेलेका थिए। डेभोन कोनवे, महेश टिकासन र मोइन अलीले खाता खोल्न सकेनन् भने रविन उथप्पाले १ रन जोडेका थिए। चेन्नाईलाई सस्तैमा समेट्न डेनियल साम्सले ३ विकेट लिँदा रेलि मेडिथ र कुमार कार्तिकेयले दुई दुई विकेट लिए।