हैदरावादमाथि दिल्लीको महत्वपूर्ण जित 

  • Image नेप्लेज
  • २३ वैशाख २०७९, शुक्रवार
  • 965 पटक हेरिएको
हैदरावादमाथि दिल्लीको महत्वपूर्ण जित 

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिल्टसले महत्वपूर्ण जित दर्ता गरेको छ ।

गयराति भएको खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई २१ रनले पराजित गर्दै तालिकाको पाँचौं स्थानमा पनि उक्लिएको छ ।

दिल्लीले १० खेलबाट १० अंक जोड्दै पाचौं स्थानमा रहँदा समान अंक रहेको हैदरावाद छैटौं स्थानमा रहेको छ । ११ खेलबाट १२ अंक जोडेको रोयल च्यालेन्जर्स बैंग्लोर चौथो स्थानमा छ ।

गयराति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो ।

निकोलस पुरनले ६२ रन बनाउँदा एडेन मार्करमले ४२ रन जोडेका थिए । राहुल त्रिपाठीले २२ रनको योगदान गर्दा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

खलिल अहमदले ३ विकेटले लिँदा सार्दुल ठाकुरले २ विकेट लिए ।

पहिला ब्याटिङ गर्दै दिल्लीले ३ विकेट गुमाएर २०७ रनको विशाल योगफल तयार पारेको थियो ।

डेभिड वार्नरले ९२ रनको नटआउट पारि खेले । यस्तै रोभमन पावेलले पनि ६७ रनको नटआउट पारि खेल्दा दिल्लीले विशाल योगफल तयार पारेको हो ।

ऋषभ पन्तले २६ तथा मिचेल मार्सले १० रन बनाउँदा मनदीप सिंह भने खाता नै नखोली पभेलियन फर्किएका थिए ।
भुवनेश्वर कुमार, सिएन एबोट र श्रीयस गोपालले एक एक विकेट लिए ।

सम्बन्धित खबर