अगुइरो फुटबलमा फर्कन आतुर

  • Image नेप्लेज
  • १७ चैत्र २०७८, बिहिवार
  • 1136 पटक हेरिएको
अगुइरो फुटबलमा फर्कन आतुर

मुटुको समस्याका कारण सक्रिय खेल जीवनबाट सन्यास लिएका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोले फेरी फुटबलमा फर्कने चाहना रहेको बताएका छन । गत डिसेम्बरमा श्वास्थ्यका कारण उनले अचानक डाक्टरको सल्लाहमा फुटबल छोडेका थिए । 

तर अहिले आएर ३३ बर्षे अगुइरोले आफुले फेरी सोच्दा फुटबल खेल्न सक्ने आत्मबल बढेको बताए । उनले एक अन्तरवार्तामा आफुलाई डाक्टरले पाँच देखि ६ महिना फुटबलबाट टाढा हुन भनेपनि आफु अहिले नै मैदानमा फर्कन आतुर रहेको बताए । 

आफु गोप्य रुपमा खेल्न तयार रहेको र आफुलाई खेल्नका लागि मायामीमा बोलाएपनि आफु नगएको उनले बताए । तर अब डाक्टरलाई खबर गरेर चाँडै मैदानमा प्रशिक्षणका लागि फर्कन आतुर रहेको बताए । 

कतारमा हुने विश्वकपका लागि भने अगुइरोले अर्जेन्टिनी टिमसँग छलफल गरेको बताइएको छ । नोभेम्बर र डिसेम्बरमा हुने प्रतियोगिताका लागि छलफल भएपनि विश्वकपमा खेल्न ठूलो तयारी गर्नुपर्ने बताए ।