डर्टमुण्डको लज्जास्पद हार

  • Image नेप्लेज
  • २३ माघ २०७८, आइतवार
  • 990 पटक हेरिएको
डर्टमुण्डको लज्जास्पद हार

हाइलाइट्स

  • बोरुसिया डर्टमुण्ड बायर लिभरकुसेनसँग पाँच दुई गोलले स्तब्ध भएको छ । 

जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुण्ड बायर लिभरकुसेनसँग पाँच दुई गोलले स्तब्ध भएको छ । 

डटमुण्डको घरेलु मैदानमा भएको खेलमा सुरुवाती दुई गोल आत्मघाती भएका थिए । खेलको १० औं मिनेटमा डर्टमुण्डका मानुयल अकान्जीको आत्मघाती गोलमा बायर लिभरकुसेनले खेलमा अग्रता बनायो । 

तर १६ औं मिनेटमा डर्टमुण्डले खेलमा बराबरी गर्न सफल भयो । बायरका फ्रेम्पोले आफ्नै पोष्टमा गोल गरे । 

खेलको २० औं मिनेटमा फ्लोरिन रिचार्डको गोलमा लिभरकुसेनले खेलमा अग्रता बनायो । त्यसको आठ मिनेटपछि लिभरकुसेनले खेल तीन एकमा पुर्यायो । उसका लागि रोबर्ट एन्डरिचले गोल गर्न सफल भए । 

पहिलो हाफमा तीन एकको अग्रता बनाएको लिभरकुसेनले ५३ औं मिनेटमा चौथो गोल गर्यो । उसका लागि जोनाथन ता ले गोल गरे । 

त्यसपछि ८७ औं मिनेटमा लिभरकुसेनले गोलको खाता पाँच एकमा पुर्यायो । उसका लागि मोउसा डिबेले गोल गरे । तर त्यसको दुई मिनेटपछि डर्टमुण्डले गोल गर्दै अन्तर कम गरेको थियो । उसका लागि स्टेफेन टिग्सले गोल गरे ।

त्यसपछि डर्टमुण्डले खेलमा फर्कन सकेन र पराजित भयो । जारी लिगमा डर्टमुण्डको यो छैटौं हार हो । यो हारपछि उसले शिर्ष स्थानको बार्यन म्युनिखसँगको दुरी कम गर्ने मौका खेर फालेको छ ।  

सम्बन्धित खबर