यु-१९ क्रिकेटमा फाइनल समिकरण पुरा हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१७
  • |
  • 643 पटक हेरिएको

काठमाडौंमा जारी यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार फाइनल पुग्ने टीमको समिकरण पुरा हुँदै छ। प्रतियोगितामा १० अंकका साथ लुम्बिनि प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ। यस्तोमा दोस्रो टीमको टुंगो समुहचरणको अन्तिम खेलले तय गर्दै छ।

आज केहि बेरपछि हुने सुदुरपश्चिम र बागमति बिचको खेलपछि फाइनल पुग्ने अर्को टीमको टुंगो लाग्ने छ। सुदुरपश्चिमले जित निकालेमा फाइनल पुग्ने छ भने बागमतिले सुदुरपश्चिमलाई पराजित गरेमा चार टीमको ६ अंक हुने छ। यस्तोमा गण्डकी र प्रदेश एकको  नेट रनरेट माइनसमा हुँदा बागमति र सुदुरपश्चिम मध्येमा एक टीमले फाइनलमा स्थान बनाउने छन्।

त्यसैले सुदुरपश्चिमले जित निकालेमा अंककै आधारमा फाइनल पुग्दा पराजित भएमा बागमति र सुदुरपश्चिम मध्ये एक टीमले फाइनलमा स्थान बनाउने छ। बागमतिले जितेमा उसको रनरेट स्वत प्सलमा रहेने भएकाल सुदुरपश्चिम ६ अंकका साथ १.०७५ को रनरेटका साथमा रहेको छ। यस्तोमा

बागमती अहिले ४ अंकका साथमा ०.५१७ का साथमा छ। यदि सुदुरपश्चिम माथि बागमति राम्रो रनरेट सहितको जितको खोजिमा हुने छ। सुदुरपश्चिम भने साँघुरो हारका बाबजुत फाइनल पुग्ने संभावना बलियो छ।
समान ६ अकनै भएपनि गण्डकी र प्रदेश एकको संभावना भने समाप्त भएको छ। उनीहरुको रनरेट माइनसमा रहेकाले फाइनल पुग्न संभव छैन्।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey