राष्ट्रिय खेलकुद परिषदका ९ जना बोर्ड सदस्यलाई हटाइयाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०५
  • |
  • 838 पटक हेरिएको

हाइलाइट्स

  • खेलकुद मन्त्रालयले शुक्रबार ९ जना बोर्ड सदस्यलाई हटाउने निर्णय गरेपनि आइतबार मात्र राखेपमा पत्राचार गरी सोबारे जानकारी गराएको हो ।

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै राष्ट्रिय खेलकुद परिषदका ९ जना बोर्ड सदस्यहरूलाई हटाएको छ ।

खेलकुद मन्त्रालयले शुक्रबार ९ जना बोर्ड सदस्यलाई हटाउने निर्णय गरेपनि आइतबार मात्र राखेपमा पत्राचार गरी सोबारे जानकारी गराएको हो ।

मन्त्रीस्तरीय निर्णयअनुसार राखेपको बोर्ड सदस्यबाट हटाइएका ९ जना सदस्यमा रेनुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, गोपाल खनाल, गोविन्दप्रसाद भट्टराई, रिम रानाभाट, इन्दिरा निरौला, सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ र अर्जुन केसी रहेका छन् ।

उनीहरूलाई हटाउनुअघि मन्त्रालयले कार्तिक २८ गते आइतबार तीन दिनको समयसीमा तोक्दै स्पष्टिकरण माग गरेको थियो । यी नौ जना सदस्यहरूलाई तत्कालिन खेलकुदमन्त्री जगतबहादुर सुनारले मन्त्रीस्तरीय निर्णय गर्दै राखेपको सदस्यमा नियुक्त गरेका थिए ।

अब खेलकुद मन्त्रालयले मन्त्रिपरिषदको निर्णयबाट नियुक्ति पाएका ९ जना राखेपका बोर्ड सदस्यलाई हटाउने तयारी गरेको बुझिएको छ । यसै साता यी सदस्यहरूसँग स्पष्टिकरण सोध्ने र आउँदो साताभित्रै हटाउने रणनीतिमा मन्त्रालय रहेको स्रोतको दाबी छ ।

अघिल्लो सरकारको पालामा मन्त्रिपरिषदको निर्णयबाट नियुक्ति पाएका ती ९ जना सदस्यहरूमा राजेश गुरुङ, पुरेन्द्र लाखे, नन्दा बस्याल, एकेन्द्र कुँवर, सुमित्रा चौधरी, मानदेव हजारा, चन्द्रवदना राई, हरि खड्का र मोहम्मद सगिर शेख रहेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey